९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८२ माघ २६ गते , सोमबार

एनपीएल: पोखरा काठमाण्डुसँग १३ रनले पराजित

source NNB २०८२ मंसिर १८ गते , बिहीबार
0
Shares
76
Views
एनपीएल: पोखरा काठमाण्डुसँग १३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजले १३ रनले जित हात पारेको छ।

काठमाण्डुले दिएको १६६ रन पछ्याएको पोखराले सबै विकेट गुमाएर १५२ रन बनायो।

 

पोखराका लागि रिषी धमलाले सर्वाधिक ५४ रन बनाए पनि जितका लागि पर्याप्त भएन। एडम रोसिङ्टोन ५ , जोसन रोय १६, ट्रित राज दास ९, कुशल भूर्तेल२२, धनन्जय लक्षण ३० , किरण ठगुन्ना ५ रनमा आउट भए।

काठमाण्डुका लागि आलमले ६ विकेट लिए भने कप्तान करण केसी र सन्नी पटेलले समान दुई दुई विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले ८ विकेट गुमाएर १६५ रन बनायो। काठमाण्डुका लागि बेन चार्ल्सले सर्वाधिक ६४ रन बनाए भने भीम सार्कीले २३ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिए।

मिलिन्द कुमार १३, जोन सिम्पसन २, मोहम्मद आदिल अन्सारी र रसिद खानले समान ७/७ रन बनाउँदा करण केसी ४ रनमा आउट भए। आकाश त्रिपाठी शून्यमै पेभेलियन फर्किए।

पोखराका लागि धन्नजय लक्षणले चार कुशल भूर्तेलले दुई, विपिन खत्री र किरण ठगुन्नाले समान एक एक विकेट लिए।

यसपछि अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार