Nepal Newsbox
२०८२ माघ २६ गते , सोमबार
Nepal Newsbox
वीरगञ्ज महानगरका विद्यालयहरूमा थप २ दिन जाडो बिदा
वीरगञ्ज । चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले थप २ दिनका लागि विद्यालयहरूमा जाडो बिदा दिएको छ।
बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा थप दुई दिन अर्थात् पुस १३ र १४ गते बिदा दिएको हो।
बढ्दो चिसोका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टा हुने गरी पुस १३ र १४ गते थप दुई दिन बिदा दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ।
पुस १५ गते ल्होसार पर्वको सार्वजनिक बिदा परेकाले अब पुस १६ गतेदेखि मात्रै विद्यालयहरूमा नियमित पठनपाठन सुचारु हुने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ। यसअघि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा पुस ७ देखि ९ गतेसम्म जाडो बिदा दिएको थियो।