९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८२ माघ २६ गते , सोमबार

मोनास्टिकका विद्यार्थी बिशेष मिश्र एनसीसी युथ एक्सचेन्ज कार्यक्रममा माल्दिभ्स प्रस्थान

source NNB २०८२ पुस १५ गते , मंगलबार
1
Shares
86
Views
मोनास्टिकका विद्यार्थी बिशेष मिश्र एनसीसी युथ एक्सचेन्ज कार्यक्रममा माल्दिभ्स प्रस्थान

मोनास्टिकका विद्यार्थी बिशेष मिश्र एनसीसी युथ एक्सचेन्ज कार्यक्रममा माल्दिभ्स प्रस्थान

बिशेष मिश्रले डिसेम्बर ३० देखि जनवरी ८ सम्म नेपाल प्रतिनिधित्व गर्ने

मोनास्टिक स्कूल/कलेजका कक्षा १० का विद्यार्थी बिशेष मिश्र एनसीसी क्याडेट्स युथ एक्सचेन्ज कार्यक्रममा छनोट भई नेपाल प्रतिनिधित्व गर्दै माल्दिभ्स प्रस्थान गरेका छन्। यो कार्यक्रम डिसेम्बर ३०, २०२५ देखि जनवरी ८, २०२६ सम्म सञ्चालन हुनेछ।

राष्ट्रिय क्याडेट कोर (एनसीसी) अन्तर्गत सञ्चालन हुने युथ एक्सचेन्ज कार्यक्रममार्फत बिशेष मिश्रले अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व विकास, अनुशासन, सांस्कृतिक आदान–प्रदान तथा आपसी मित्रता अभिवृद्धि गर्ने विभिन्न गतिविधिमा सहभागिता जनाउनेछन्।

बिशेषको छनोट उनको अनुशासन, समर्पण र प्रतिबद्धताको प्रतिफल भएको मोनास्टिक स्कूल/कलेजले जनाएको छ। उनी मोनास्टिक परिवारका मूल्य र संस्कार बोकेर अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दैछन्।

यस अवसरमा प्रतिक्रिया दिँदै मोनास्टिक स्कूल/कलेजका म्यानेजिङ डाइरेक्टर डा. सोनु कुमारले भने—

“यो सम्पूर्ण मोनास्टिक परिवारका लागि अत्यन्त गर्वको क्षण हो। बिशेष मिश्रको एनसीसी युथ एक्सचेन्ज कार्यक्रममा छनोट हुनु उनको मेहनत, अनुशासन र मोनास्टिकमा हामीले सिकाउँदै आएको मूल्य–आधारित शिक्षाको परिणाम हो। उनले हाम्रो संस्थाको मात्र होइन, राष्ट्रको पनि गौरव बढाएका छन्। उनको यात्रा सुरक्षित र अनुभवजन्य होस् भन्ने कामना गर्दछु।”

मोनास्टिक स्कूल/कलेज परिवारले बिशेष मिश्रलाई सुरक्षित यात्रा तथा सफल र प्रेरणादायी अनुभवको शुभकामना व्यक्त गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार