९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८२ माघ २६ गते , सोमबार

अभ्यास खेलमा नेपालद्वारा अमेरिका पराजित

source NNB २०८२ पुस २७ गते , आइतबार
0
Shares
45
Views
अभ्यास खेलमा नेपालद्वारा अमेरिका पराजित

२७ पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भइरहेको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले अमेरिकालाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ४ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाइन् । पूजा महतोले अविजित ४३ रन बनाइन् । काजल श्रेष्ठले २८ तथा कविता जोशीले १२ रन बनाइन् ।

अमेरिकाका लागि तारा नोरिस र लेखा शेट्टीले २-२ विकेट लिए । तरानुम चोपराले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । एला क्लारिजले ३९ रन बनाइन् । पूजा गनेसले २२ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिँदा कविता कुँवर, कविता जोशी, रिया शर्मा र रचना चौधरीले १-१ विकेट लिए ।

यसअघि नेपालले स्कटल्यान्डसँग पनि अभ्यास खेल खेलेको थियो जहाँ २७ रनले पराजित भएको थियो ।

अमेरिकासँग भने यसअघि भएको २ अभ्यास खेलमा भने एक जित र एक हारको नतिजा निकालेको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार