९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ जेष्ठ ३ गते , आइतबार

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशज नागरिकता दिइयो

source NNB २०८२ पुस २४ गते , बिहीबार
0
Shares
169
Views
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशज नागरिकता दिइयो

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले पहिलो पटक आमाको नामबाट २४ वर्षीय मोहन गोडीयालाई नागरिकता प्रदान गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन र नियमावलीको संशोधन अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी र सेवाग्राहीमैत्री बनाइएको बताए।
नागरिकता पाउँदा मोहन गोडीयाले जीवनको ठूलो बाधा हटेको महसुस गरेको र खेलकुदमा सक्रिय रहेको बताए।
२४ पुस, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट नागरिकता प्रदान गरिएको हो ।

नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको गोडीयाले बताए ।

‘१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु, विसं २०८० मा काठमाडौँमा सम्पन्न अन्तर नगरपालिका राष्ट्रिय खेलकुद तथा २०८१ मा चितवनमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ, तर कागजातको अभावले धेरै अवसर गुमाउनुपर्‍यो’, उनले भने । नागरिकता प्राप्त भएपछि जीवनको ठूलो बाधा हटेको महसुस भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी तामाङले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकका हकअधिकार सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

उनका अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै नागरिकका समस्या संवेदनशीलतापूर्वक सम्बोधन गरिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिएको जनाएको छ ।

कार्यालयभित्र अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्दै नागरिकको समय र श्रमको सम्मान गर्ने कार्यसंस्कृति विकास गरिँदै आएको प्रशासनको भनाइ छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड
मेगा कलेजको दोस्रो एनसिए अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियाली विज्ञहरूद्वारा अनुसन्धान, नवप्रवर्तन र विश्व प्रतिस्पर्धामा जोड
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
अनुसन्धानविहीन विश्वविद्यालयको संकट
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज
दक्षिण एशियामा शैक्षिक अनुसन्धानको संकट र सम्भावना : विश्वविद्यालय, बजेट र ज्ञान–आधारित भविष्यको खोज
शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड
शैक्षिक अनुसन्धानलाई प्राथमिकता दिन विश्वविद्यालयलाई विज्ञहरूको आग्रह गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्नेमा जोड
अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व
अनुसन्धान, नीति निर्माण र विद्यार्थीको भविष्य : मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलनको बहुआयामिक महत्व
अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन
अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन
 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश