Nepal Newsbox
२०८३ वैशाख १५ गते , मंगलबार
Nepal Newsbox
रहबर अन्सारीद्वारा पार्टी परित्याग
काठमाडौं । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेश प्रदेशका सांसद् रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् ।
बिहीबार अन्सारीले हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा वाचन गरेको ‘सागर के तुफान को भी हमने बस में किया है।।’ सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको बताएका छन् ।
रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्तत: सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरु अनि वास्तविक शहीदहरुलाई दिएका छन् ।
‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु’, रहबरले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।